‘बच्चन पाण्डे’को पोस्टरमा अक्षय कुमारको ग्याङस्टर गेटअप

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक भएको छ । अक्षय कुमारले आफ्नो चलचित्रको नयाँ पोस्टर सेयर गर्दै आफू ‘भाई’ नभई ‘गडफादर’ भएको चेतावनी दिएका छन् । नयाँ पोस्टरमा उनी एक डरलाग्दो ग्याङस्टरको लुक्समा देखिएका छन् । सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गर्दै अक्षयले चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा रिलिज हुने जानकारी समेत दिएका छन् ।

यो चलचित्र एक ग्याङस्टर बच्चन पाण्डेको कथामा आधारित छ । अक्षयले बच्चन पाण्डेको भूमिका निभाएका छन्, जो अभिनेता बन्न चाहन्छन् । कृति सेननले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् जो चलचित्र निर्देशन गर्न चाहन्छिन् । चलचित्रमा अर्शद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि महत्वपूर्ण भूमिका छन् ।

निश्चय कुट्टन्डाले लेखेका चलचित्रलाई फरहाद सामजीले निर्देशन गरेका हुन् । यो चलचित्र मार्चमा हलमा प्रदर्शन हुने तयारीमा छ । यसअघि सन् २०२० को क्रिसमसमा रिलिज हुने भनिएको थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

Leave a Reply