चलचित्र ‘आकासे खेती’को टिजर सार्वजनिक(भिडियो)

चलचित्र ‘आकासे खेती’को टिजर सार्वजनिक भएको छ । आगामी फागुन २७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, जयनन्द लामा, शिशिर बाङ्देललाई प्राथमिकता दिइएको छ ।

उदय सुब्बाको निर्देशन रहेको चलचित्र विनामिहिनेत पैैसा कमाउन चाहने युवाहरुको सपनाको कथामा निर्माण भएको छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेको चलचित्रमा उदयको कथा छ । चलचित्रमा विल्सनविक्रम राईको संवाद छ । एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा विक्रम डीसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको एक्सन, रामजी लामिछाने र राजीव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बूको संगीत छ ।

Leave a Reply