शिल्पा मास्के चलचित्र ‘परस्त्री’मा अनुबन्धित

चलचित्र ‘परस्त्री’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनी शीर्ष भूमिकामा देखिने छिन् । निर्माण युनिटले शिल्पासँग आइतबार सम्झौता गरेको हो । निर्देशक पाण्डेले सामाजिक सञ्जाल मार्फत चलचित्रको लागि शिल्पा फाइनल भएको जनाएकी हुन् ।

चलचित्रको मुख्य भुमिकाको लागि अझै एक अभिनेता र अभिनेत्रीको खोजी भैरहेको निर्माता तथा लेखक दीपेन्द्र कुमार खनालले बताए । छिटै चलचित्रको मुख्य कलाकार छनोट कार्य सकेर वर्कसप गरिने निर्माता खनालको भनाई छ । हाल धमाधम चलचित्रको प्रि-प्रोडक्सनको काम भैरहेको छ ।

सुरज पाण्डेको डेब्यु निर्देशन रहेको `परस्त्री´ लाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । सुरजले चलचित्र ‘लभ लभ लभ’बाट कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । यो चलचित्रमा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । फागुन २९ गतेबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा रिलिज हुने छ । डिएस डिजिटलको व्यानरमा निर्माण गरिने चलचित्रलाई निरज कँडेलले छायांकन गर्नेछन् ।

Leave a Reply