हिट गीत ‘रेलको बाटो’ नाममा चलचित्र बन्ने

हिट गीत ‘रेलको बाटो’ नाम सापटी लिएर चलचित्र निर्माण हुने भएको छ । चलचित्रको हाल स्क्रिप्टमा काम भइरहेको बताईएको छ । विन्दास प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको मुख्य भूमिकामा गीतकै मोडेल जीवी चिरणले नै अभिनय गर्ने छन् ।
सरकारले रेलको सपना बाँडिरहँदा कर्णालीमा बसोबास गर्ने मानिसहरूको पीडा कति गहिरो र दर्दनाक छ भन्ने कुरा ‘रेलको बाटो’ गीतको भिडियोमा देखाइएको छ । चलचित्रमा पनि कर्णालीकै कथा र व्यथा समेटिने छ । चलचित्रमा निर्देशक र बाँकी कलाकार भने फाइनल भएका छैनन् । केही दिन पछि पूरा टिम नै फाइनल गर्नुका साथै चलचित्र विकास बोर्डमा नाम दर्ता गर्ने निर्माण टिमको भनाइ छ l

Leave a Reply