सलमान खानले विपन्न परिवारलाई गरे खाद्यान्न वितरण(भिडियो)

कोरोना भाइरससँग लड्न विश्वका हरेक कुनाबाट सबैले आ आफ्नो ठाउँबाट लागिपरेका छन् । भारतमा तीव्र गतिले फैलिरहेको कोरोनासँग लड्न र यसको क्षति कम गर्न सरकारले अनेक पाइलाहरू चालिरहेको छ । सरकारले चालेको कदमलाई साथ दिँदै बलिउड कलाकारहरूले आफ्नो तर्फ बाट सक्दो सहयोग गरिरहेका छन् र अगाडी पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् । यस्तैमा बलिउड अभिनेता सलमान खानले फेरी पनि आवश्यक खाद्यान्न दिएर गरिब र वञ्चित परिवारलाई सहयोग गरेका छन् । लकडाउनका कारण सलमान आफ्नो पनवेल फार्म हाउसमा छन् । सलमान आफ्नो केहि नजिकको साथीहरु र परिवार सहित फार्म हाउसमा छन्। सलमानसंग बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेज र गायिका उलिया वन्तुर पनि छिन् ।

सलमानले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गरेका छन् जसमा उनि आफ्नो नजिक रहेका खाँचोमा परेको मानिसहरुको लागि खाद्यान्न दिइरहेका छन् ।भिडियोमा हामीले ज्याकलिन, उलिया र साथमा सलमानका अरु साथीहरु पनि देख्न सक्छौ ।सबै मिलेर बयलगाडा, ट्रली र ट्याक्टरहरुमा खाद्यान्न लोड गरिरहेका छन् । सलमानले भिडियोलाई क्याप्सन दिदै लेखेका छन्,‘योगदानको लागि धन्यवाद,सबैलाई धन्यवाद।’ यसअघि पनि सलमानले २५ हजार कर्मचारीहरूलाई आर्थिक सहयोग गरेका थिए । सलमान फार्म हाउसमै रहेपनि उनले समय-समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् ।

Leave a Reply