गायक अनीश ओकिलीको `सिमल भुवा´ सार्वजनिक(भिडियोसहित)

`सरिताको दिदी´ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत `सिमल भुवा´ बजारमा ल्याएका छन् । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।
प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् । विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ । अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । ३ दशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्याल बाट हेरी लगायत गीतहरू चर्चित छन् ।

Leave a Reply