स्वस्तिमा र नाजिरको ‘हाम्रो माया'(भिडियो)

अभिनेता नाजिर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हाम्रो माया’ बोलको गीतमा हास्य कलाकार हरिवंश आचार्यका छोरा मोहित आचार्य र गायिका मेलिना मैनालीको आवाज रहेको छ ।

गीतको भिडियोमा स्वस्तिमा र नाजिरको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । भिडियोमा स्वस्तिमा र नाजिरको जोडी सुन्दर देखिएको छ साथै केमिस्ट्री पनि निकै जमेको छ ।

युट्युब च्यानल ओे एस् आर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतको शब्द दिनेश थपलियाले लेखेका हुन् भने संगीत दीपक शर्माको रहेको छा । गीतको एरेन्ज योगेश काजीको रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोको दृश्य कैद अर्जुन तिवारीले गरेका हुन् । गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस् :-

Leave a Reply