‘लाइफ इन एलए’को गीतमा ब्यास र अकेशाको रोमान्स(भिडियो)

चलचित्र ‘लाइफ इन एलए’को दोस्रो गीत सार्वजनिक भएको छ । आइतवार अमेरिकामा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘उदाएर आयौ तिमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको गीतमा एलिस कार्कीको संगीत र सुन्दर पन्तकोको शब्द रचना छ ।

गीतको भिडियोमा चलचित्रका नायक ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट रोमान्टिक अवतारमा देखिएका छन् । यो गीतको सम्पूर्ण छायांकन अमेरिकाका विभिन्न रमणीय स्थानमा गरिएको हो । गत साउनमा निर्माण टिमले नेपाल छायांकन पूरा गरेपछि चलचित्रमा समावेश ‘पागल प्रेमी’ गीत सार्वजनिक गरेको थियो ।

सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन छ । निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसके पनि प्रदर्शन मिति भने घोषणा गरेको छैन । नेपालभन्दा पहिला यो चलचित्र अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

गीत हेर्नुहोस् :-

Leave a Reply