सत्य बोल्दा विवाद हुने रहेछः नम्रता सापकोटा

आफ्नो बोलीका कारण कुनै न कुनै विवादमा नतानिएका कलाकारहरु शायदै कोही होलान् । विवाद कति सानो वा ठूलो भन्ने मात्रै हो । सार्वजनिक कार्यक्रममा होस् वा अन्तर्वार्तामा कलाकारहरुले बोलेका कुरालाई ठूलो जमातले सुनिरहेका हुन्छन् । र, कथंकदाचित उनीहरू बोलीमा कतै चिप्लिए भने त्यसले नसोचेको परिणाम उत्पन्न गर्न सक्छ ।

त्यस्तै आफ्नो अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेकी नायिका हुन्, नम्रता सप्कोटा । लकडाउनको समयमा उनले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ रहेको बताएपछि उक्त कुराले उनलाई चर्चामा ल्याइदियो । नम्रताले चलचित्र क्षेत्रमा परिवारवाद र गुट हाबी भएको भन्दै राम्रो कलाकारले अवसर नपाएको तर्क गरेकी थिइन् । त्यसैको केही समय पछि ‘आफूलाई बिहे नगरी बच्चा जन्माउन मन लागेको’ भन्दै अभिव्यक्ति दिइन् । झन् यो कुराको त खुबै चर्चा भयोे ।

उनै नम्रताले आफूले सत्य कुरा बोल्दा बिबाद हुने गरेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नम्रताले भनिन्–‘कुनै पनि विवाद मैले चाहेर निम्त्याएको होइन । मैले सत्य बोलेको हुन्छु । तर, सत्य बोल्दा विवाद हुने रहेछ ।’

धेरै नै विवादमा परेपछि उनले अब भोलिका दिनमा पनि अन्य कुरा बाट बच्न हो या सबैको नजरमा राम्रो बन्न सत्य कुरा बोल्दा विवाद हुने बताएकी छिन् । यस प्रकारको अभिव्यक्ति नम्रताले मिडियाकर्मीले केही समयदेखि विवाद नहुँदा खसखस भएको छैन भनेर प्रश्न सोध्दा सो कुरा को उत्तर दिएकी हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण पनि कलाकारहरुले बोलीमा धेरै नै विचार पुर्‍याउनुपर्ने भएको छ । अन्तर्वार्तामा वा कुनै कार्यक्रममा कहीं कतै चुक भए केही घण्टा होइन, केही मिनेटमै फेसबुकदेखि टिकटकसम्म भाइरल भइहाल्छ । त्यसपछि शुरू हुन्छ गालीको वर्षा । अनि कहाँ पुगेर त्यो टुंगिन्छ भन्न सकिन्न ।

Leave a Reply