प्रियंका र आयुष्मानको छोरी ‘आयंका कार्की जोशी’!!!!

नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंका र आयुष्मानले छोरी काखमा लिएको तस्बिर सार्वजनिक गरेका छन् ।तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । तस्विर राख्दै क्याप्सनमा प्रियंकाले लेखेकी छिन् ‘हाम्री सानी परीलाई संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ ।’ उनले छोरीको नाम आयंका कार्की जोशी राखेको पनि घोषणा गरेकी छिन् ।

प्रियंका नायक आयुष्मान देशराज जोशीसँग २०७६ को फागुन १५ मा बैबाहिक जीवनमा बाँधिएकी थिइन्। विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए । प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । गर्भवती बनेपछि विभिन्न तस्बिरहरुका कारण पनि प्रियंकाको प्रशंशा र आलोचना दुवै भयो ।

Leave a Reply