चलचित्र ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा प्रदर्शन

चलचित्र ‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शनको दुई वर्षपछि आगामी सेप्टेम्बर २ तारिख अर्थात् भदौ १७ गतेदेखि भारतका विभिन्न स्थानहरूमा चलचित्र प्रदर्शन हुन लागेको हो । सिक्किम, दार्जिलिङ, कर्स्याङ, कलिङ्पोङ्, मिरिकसँगै भारतको उत्तरपूर्वका राज्यहरुमा चलचित्र प्रदर्शन हुने छ ।

जुनु गौतम निर्मात्री रहेको चलचित्र ‘जीवन काँडा कि फूल’ साहित्यकार झमक घिमिरेको मदन पुरस्कार कृतिमाथी बनेको हो । चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलिगुडीकी अवस्था थापा र झमकको किशोरावस्थापूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले अभिनय गरेका छन् ।

चलचित्रमा सारिका घिमिरे, किसान सुनार, उमा गिरी र मेनुका प्रधानको पनि अभिनय छ । मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवादमा सहकार्य रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् ।

Leave a Reply