विवादपछि दुर्गेश थापाले ल्याउने भए ‘बहिष्कार’

‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि गायक एवं मोडल दुर्गेश थापाले नयाँ गीत ‘बहिष्कार’ ल्याउने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी गराएका छन् । दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोपसहित विवादमा तानिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो ।

फेसबुकमा ‘बहिष्कार’ गीतको पोष्टर सार्वजनिक गर्दै दुर्गेश लेख्छन्, समयसँगै हरेक पल नयाँ पलहरूको जन्म हुन्छ । ती नयाँ पलहरूलाई उपलब्धि मूलक बनाई जीवनको सार्थकता बुझ्न प्रयास गरिरहेको हर मानवमा एउटा मात्र लक्ष्य हुन्छ जीवन कलात्मक बाँचौँ खुसी संगालेर बाँचौँ । आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जीवन बाँचौँ । तर मानव नै मानवको रक्षक भक्षक दुवै रहेछ । म चाहन्छु मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् । आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गीतहरूलाई स्वतन्त्र छोडिएको छ । मेरो गीत न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लील परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ, जुन दुखद छ । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठानका सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जीवन हजार वर्ष को होस् शुभकामना ।

Leave a Reply