‘बजरंगी भाइजान’ को सिक्वेल निर्माण हुने

बलिउड चलचित्र ‘बजरंगी भाइजान’ को सिक्वेल बन्ने भएको छ । कबीर खानको निर्देशनमा बनेको सुपरहिट चलचित्र रिलिजको आइतवारबाट ६ वर्ष पूरा भएको छ । कबीरले छ वर्ष पुरा भए सँगै निर्माण टिमले दोश्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन् । हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको भारतीय संचारले उल्लेख गरेको छ । लेखक केवी विजेन्द्र प्रसादको अनुसार चलचित्रको दोस्रो पार्टका लागि अहिले दमदार स्क्रिप्टमा काम भइरहेको छ । यो चलचित्रमा सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकीको मुख्य भूमिका रहेको थियो।

Leave a Reply