सुपुष्पा भट्टले रौनकसँग गरिन् विवाह

अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । रौनकले ‘कबड्डी र मिस्टर झोले’ चलचित्र निर्माण गरेका छन् । सुपुष्पाले भने चलचित्र ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।

Leave a Reply