पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो ।

एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो ।

Leave a Reply