अस्कर जित्ने नेपाली चलचित्रलाई बोर्डले ८ लाख दिने

चलचित्र विकास बोर्डले विश्वको प्रतिष्ठित अस्कार अवार्ड जित्ने नेपाली चलचित्रलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बिहीवार बोर्डले २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख र नोमिनेशन वा अवार्ड नै जिते ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै, गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्म अवार्डमा छनौट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने २ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पाउनेछन् । कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनौट हुने फिचर फिल्मले २ लाख ५० हजार र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ ।

Leave a Reply