महजोडीको ‘महापुरुष’को छायांकन सुरु

बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्र ‘महापुरुष’को छायांकन सुरु भएको छ । ४० दिनको छायांकन तालिका रहेको चलचित्रको काठमाडौंको धुम्बाराहीमा शुक्रबार महजोडीको दृश्य छायांकन गरिएको थियो । चलचित्रलाई प्रदीप भट्राईले निर्देशन गर्दैछन् । षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल चलचित्रमा सहकार्य गरिसकेका छन् । यो उनीहरुको तेस्रो सहकार्य हो ।

निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि चलचित्र निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही चलचित्रबाट अभिनेताको रुपमा डेव्यु गर्दैछन् । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्ने छन् ।

Leave a Reply