बाढी प्रभावित बालबालिकाको भविष्य सुरक्षित बनाउन जुटेकी वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटीले सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग गर्न ‘मेलम्ची राहत अभियान’ सुरु गरेकी छिन् । यो अभियानलाई विश्वास गरेर देश र विदेशबाट धेरैले सहयोग गरेको र त्यसलाई पारदर्शी ढंगले सही क्षेत्रमा लगानी गर्नु आफ्नो कर्तव्य रहेको उनले बताएकी छन् । सिन्धुपाल्चोकका बालबालिकाको भविष्य सुरक्षित बनाउन आफू केही योजनामा जुटेको पनि उनले बताएकी छन् । वर्षाले फेसबुकमा लेख्छिन्, ‘अहिले सिन्धुपाल्चोकका धेरै बालबालिकाको शैक्षिक सत्र विथोलिएको अवस्था छ । धेरै बालबालिका कोभिड र त्यसपछि प्राकृतिक विपत्तिका कारण अध्ययनबाट विमुख भएका छन् । उनीहरुको भविष्य सुरक्षित बनाउन म केही योजनामा जुटेकी छु ।’

उनले अगाडी लेखेकी छन्, ‘हेलम्बु, मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तिको असर त्यो क्षेत्रले अबको एक दशकसम्म भोग्ने निश्चित जस्तै छ । एउटा कलाकार हुनुको नाताले मैले पनि त्यहाँ केही गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएकी छु । स्वच्छ मानविय भावनाको हिसाबले सिन्धुबासीको पीडामा मल्हम लगाउन मेरो अभियान सुरु भएको हो ।’

Leave a Reply