आलियाको ‘गंगूबाई काठियावाडी’को सुटिङ २ वर्षपछि सकियो

अभिनेत्री आलिया भट्टको चलचित्र ‘गंगूबाई काठियावाडी’ को छायांकन पूरा भएको छ । बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्साली निर्देशित चलचित्रको आइतवार २ वर्षपछि सम्पूर्ण छायांकन सकिएको छ । ८ डिसेम्बर २०१९ बाट चलचित्रको छायांकन सुरु भए पनि कोरोना महामारीका कारण लामो समय छायांकन रोकिएको थियो । चलचित्रमा आलियासँगै अभिनेता अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । भन्साली र देवगनले करीब २२ वर्षपछि एकसाथ काम गरेका हुन् । ‘गंगूबाई काठियावाडी’ को कहानी कामाठीपुरामा एक वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनमा आधारित छ ।

Leave a Reply