नेपाल स्काउटले सिन्धुपाल्चोक पुगेर बाढी पीडितलाई गरे सहयोग[तस्बिरहरु]

गत मंगलबार भएको अबिरल बर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको मेलम्ची आसपासका जनतालाई उद्धार तथा राहतका लागी नेपाल स्काउटको टोलीले प्रभावित क्षेत्र मेलम्ची पुगेर सेवा प्रदान गरेको छ । उद्धार तथा राहतका लागि नेपाल स्काउटको टोली बुधबार प्रभावित क्षेत्र मेलम्ची पुगेको थियो। विपद् व्यवस्थापन तालिम प्राप्त स्काउटको टोलीले बाढीमा फसेका स्थानीयको उद्धार गरेको थियो।

विपद व्यवस्थापन तालीम प्राप्त स्काउटको टोलीले बाढीको हिलोमा फसेका मानिसको उद्धार गर्नुका साथै बाढीले प्रभावित ५०ओटा घरबाट सामानहरू सुरक्षित तवरले निकाल्ने कार्य गरेको छ । उद्धारका साथसाथै नेपाल स्काउटले प्रभावित जनतालाई तत्काल आबश्यक राहत उपलब्ध गराएको छ । राहत सामग्रीमा २००० प्याकेट तयारी चाउचाउ, १०५ थान त्रिपाल वितरण गरिएको छ भने अन्य रहात सामग्री नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यलयमा संकलन भैरहेको छ । तस्बिरमा हेर्नुस् नेपाल स्काउटको सहयोग !!!!










Leave a Reply