SAMIN र उमङ साकोसको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समान आत्मसातको हिस्सेदारि भन्ने मुल नाराका साथ ११३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस -२०२३ को उपलक्ष्यमा सामाजिक जागरण अभियान नेपाल (SAMIN) र उमङ साकोसले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम बुनपा १२ स्थित नव मन्जुश्री माबी तेन्जिङ चोकमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बुनपा नगर प्रमुख मिठाराम अधिकारी अतिथीहरु : समाजसेवी बृहस्पति चालिसे र नेपाल रेड्क्रस सोसाइटी कपन उपशाखा सभापति पुष्कर चालिसेको उपस्तिथि थियो । कार्यक्रममा कास्कुन, नव मन्जुश्री माबी, सहिद बिष्णु देब भट्टराई स्मृति तेक्वान्दो डोजाङ, नेरेसो कपन उपशाखा, कपन अनलाइन र कोरिबाटी अनलाइनको सहयोग रहेको थियो भने कार्यक्रमको सन्योजन सुबिन चालिसेले गरेका थिए ।

८० जना भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा महिलाहरुको उपस्थिति उल्लेख्य थियो । रक्तदाताहरुको उपस्थिति बारे समिनका अध्यक्ष बिनोद भट्टराई भन्नुहुन्छ : हाम्रो सस्थाले बिगत लामो समयदेखी रक्तदान गर्दै आइरहेको छ । पहिलेको कार्यक्रमहरुमा सस्थाका सदस्यहरुको मात्रै उपस्थिति हुन्थ्यो भने अहिले उमङ साकोस सङ मिलेर गर्दा नया मान्छेहरु थपिए । यश पटक महिलाहरुको उपस्तिथि बढ्दै जानू भनेको समाजमा समान हिस्सेदारिको आत्मसात हुनु हो ।

युवाहरुको साथले समाजसेवाका कार्य गर्न प्रोत्साहन मिल्ने भन्दै, बचेको समयमा समाजसेवा गर्न सबैलाई आव्हान गर्दै उमंग साकोसका अध्यक्ष सुनित चालिसे ले सहकारीले समाज सङ जोडिएका अन्य थुप्रै कार्यहरू गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका सम्योजक सुबिन चालिसेले बताए अनुसार समाजमा थुप्रै समस्याहरु छन त्यस्लाई जागरणको माध्यमबाट न्यूनीकरण गर्दै लानु पर्छ । र आगामी दिनमा अन्य सस्थाहरु सङ हातेमालो गरेर रक्तदान सङसङै अन्य समाजिक कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Leave a Reply