मेलम्चीका संरचना पुननिर्माण गर्न करिष्माको एक लाख सहयोग

मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन भएसँगै अभिनेत्री करिष्मा मानन्धरले सहयोगको घोषणा गरेकी छिन् । बाढीपीडित बासिन्दालाई वर्षायाममा ओत लाग्ने छानोको व्यवस्था होस् भन्दै उनले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेकी हुन् । उनले सबैले सकेको सहयोग गर्न समेत आब्हान गरेकी छिन् । शनिवार राजधानीमा सिन्धुपाल्चोकका कलाकार, नवनियुक्त स्वास्थ्यमन्त्री शेर बहादुर तामाङ, जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची न. पा.का मेयर डम्बर बहादुर अर्याल र हेलम्बु गाविसका प्रतिनिधिबीच छलफल भएको थियो । सिन्धुपाल्चोकको संरचना निर्माणका लागि सहायता आह्वान गर्ने विषयमा समितिको बैठक यही असार १० गते बस्ने भएको छ ।

Leave a Reply