नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले सिन्धुपाल्चोक पुगेर ५० परिवारका लागि सहयोग वितरण गरेका छन्। नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो । सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले, सबैको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।
आँचल शर्माले सिन्धुपाल्चोक पुगेर ५० परिवारलाई गरिन् राहत वितरण
- Post published:४ असार २०७८, शुक्रबार