अक्षय कुमारको ‘बेल बटम’ जुलाईमा हलमै रिलिज हुने

अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘बेल बटम’ सिनेमा घरमा नै रिलिज हुने भएको छ । कोरोनाका कारण बन्द भएका सिनेमा हल खुल्ने निश्चित नहुँदा यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा चलेको थियो । हाल उक्त चलचित्रको प्रदर्शन मिति तय भएको छ। चलचित्र आगामी महिना अर्थात् जुलाई २७ बाट रिलिज हुने भएको हो। अक्षय स्वयंले सामाजिक सञ्जालमार्फत् चलचित्रको रिलिज मिति बारे जानकारी दिएका छन् । चलचित्रको रिलिज डेट घोषणा गर्न पाउँदा आफूलाई अत्यन्त खुसी मिलेको उनले बताएका छन् । असीम अरोडा र परवेज शेखद्वारा लिखित चलचित्रमा अक्षयसंगै वाणी कपूर, लारा दत्ता, हुमा कुरेशी, आदिल हुसेन लगायतको पनि मुख्य भूमिका छ ।

Leave a Reply