नयाँ शैक्षिक सत्र आजदेखि सुरु

कोरोना भाइरस महामारीका कारण दुई महिना पछि धकेलिएको शैक्षिक सत्र आज (मङ्गलबार)बाट सुरु भएको छ ।

यसअघि वैशाख १ बाटै नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । महामारीका कारण पठनपाठन र शैक्षिक गतिविधी प्रभावित हुँदा शैक्षिक सत्र ढिलो गरेर सुरु भएको हो । शैक्षिक गतिविधीमा महामारी बाधक बनेपछि शिक्षा मन्त्रालयले नियमावली नै संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिलो गरी सञ्चालन गर्ने निर्णय लिएको थियो ।

शैक्षिक सत्र सुरु भएसँगै आजैबाट मुलुकभरका शैक्षिक संस्थामा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । असार १ बाट सुरु भएको भर्ना अभियान यो महिनाभरी जारी रहने छ । साउन १ गतेबाट पढाई सुरु गर्ने योजना छ । भर्ना अभियानकै बीचमा विद्यार्थीलाई पाठ्यपुस्तक पनि उपलब्ध गराइसक्नुपर्ने छ ।

Leave a Reply