आँचल शर्माले निशा घिमिरेलाई एक लाख सहयोग गर्ने

३ वर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको उपचारको लागि सहयोग जुट्ने क्रम बढिरहेको छ । यसैक्रममा, अभिनेत्री आँचल शर्माले निशालाई एक लाख सहयोग गर्ने भएकी छन् । आइतवार उनलाई भेट्न अस्पताल पुगेकी आँचलले आउँदो शनिवार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । उनले निशालाई भेट्दा आफू भावुक भएको बताएकी छन् ।

शनिवार अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले निशा बस्दै आएको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरे । करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार पनि हस्तान्तरण गरिएको छ । त्यस्तै उनलाई शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

Leave a Reply