अटिजम विषयमा चलचित्र ‘मिरा : स्याडो अफ अ रेन्बो’ निर्माण हुने

सन्तोष कुमार थापा
काठमाडौं, १४ चैत्र २०७९ । चलचित्र ‘मिरा : स्याडो अफ अ रेन्बो’ निर्माण हुने भएको छ । अनिता पण्डितले लेखन र निर्देशनमा बन्ने चलचित्रको सोमबार काठमाडौंको मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको हो। एक बच्चामा देखिएको अस्वभाविक मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षमा फिल्म आधारित रहनेछ ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ । आश्वि फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको लाइन प्रोड्युसरमा शंकर कार्की रहेका छन् । एलिश कार्कीको संगीत र अनिल कटुवालको डिओपी रहने फिल्मको टेक्निकल हेडमा अनिल कटुवाल छन् भने प्रोडक्शन डिजाइनरमा प्रकाश हमाल छन् । यसै साताबाट छायांकनमा जाने चलचित्रको शिवपुरी, पाटन, रानीवन लगायतका स्थानमा छायांकन हुने छ भने चलचित्रलाई अनिल कटुवालले खिच्नेछन् ।

Leave a Reply