यामी गौतम ‘ओ माई गड–२’मा अनुबन्धित

सन् २०१२ मा रिलिज भएको हिन्दी चलचित्र ‘ओ माई गड’ को सिक्वेल निर्माण हुँदैछ । चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले यामी गौतमलाई साइन गरेको छ । केही दिनअघि निर्देशक आदित्य धरसँग लगनगाँठो कसेकी उनको चलचित्रमा महत्त्वपूर्ण रोल रहेको बताइएको छ । चलचित्र ‘ओ माई गड’मा धर्मको नाममा व्यापार र अन्धविश्वास छरिएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको थियो  र कलाकार पारेश रावलको मुख्य भूमिका थियो । यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

 

Leave a Reply