निकिता र रवि लामिछानेले गरे प्राविधिकलाई खाद्यान्न सहयोग

चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा चलचित्र निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिन् ।  कोरोनाका कारण अहिले नेपाली चलचित्र क्षेत्र पूर्ण रुपमा ठप्प छ । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । चलचित्रकर्मीहरुले आफ्नो सहयोगी हात अगाडी बढाएकाले समस्यामा परेका प्राविधिकहरुलाई सहयोग जुट्ने क्रम बढेको छ ।

Leave a Reply