प्रियंकाको चुनौती-‘चुनावमा भोटको आशा गर्ने ए सरकार,भोट पाउन लायक काम गरेर त देखाऊनुस’

कोरोनाका कारण देश आक्रान्त रहेको यो समयमा देशको राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा नभएर सत्ता हत्याउने र जोगाउनेमा अल्झिएको छ । यसले गर्दा आम जनता साथै फिल्मकर्मीहरु चिन्तित छन् र निराशा र आक्रोश पैदा भएको छ । यसैक्रममा अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा आक्रोश पोख्दै नेपाल सरकारप्रति विनर्म अनूरोध गरेकी छिन् ।

प्रियंकाले लेखेकी छिन्–‘आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो अहिले प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र वुझ्न नसक्ने ? देश हाक्ने शक्ती, देशलाई प्रगती र उन्नतीको मार्गमा लाने र इमान्दारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होइन र ? हज़ारौको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले भ्याक्सिन लाउन पाएको छैन, निशादेज्ञा चलिरहदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो!’ उनले चुनावमा भोटको आश गर्ने भए भोट पाउन लायक काम गरेर देखाउन सरकारलाई चुनौती पनि दिएकी छिन् । यो सब देखदा देखदै पनि आहिलेको नाज़ुक घड़ीमा ४० अरब चूनावमा खर्च ग़र्ने? देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा? बुझ पचाएर बस्ने? अझै पनि आफूले आफुसंग नज़र मिलाउन सकछौ ए सरकार? राति निंद्रा रामरो लागछ? भन्दै प्रियंकाले सरकारलाई प्रश्न सोधेकी छिन् ।

Leave a Reply