चर्चित गीत पिच रोडका गायक समीर आचार्यद्वारा जन्मदिनको अवसरमा ५० हजार सहयोग

पिच रोड, दुनियाँ बेग्लै छ, झम्के माया, चट्ट सलाम छ, घाममा सुकाईदेउ लगाएतका दर्जन बढी चर्चित गीतका गायक समीर आचार्यले आफ्नो जन्मदिनको अवसरमा सहयोग प्रदान गरेका छन्। आर्थिक अवस्था कमजोर भै कोरोना महामारीका कारण यस बिषम परिस्थितिमा अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्न भनी उन्ले रु. ५० हजार प्रदान गरेका हुन्।

लामो समय अस्ट्रेलियामा रहि नेपाली गीत संगीतको क्षेत्रमा थुप्रै हिट गीत दिएका गाएक आचार्य अस्ट्रेलियामा रहदा पनि गीत संगीत प्रती उत्तिकै मोह देखाउछन्। थुप्रै हिट गीत पस्किसकेका आचार्यको अझै धेरै गीत बजारमा आउने तयारिमा छन्। कोरोना महामारी अनि लकडाउनका कारण म्युजिक भिडियो बन्न नसक्दा थुप्रै गीत पाईपलाईनमा नै रहेको गायक आचार्य बताउँछन्। अक्सर आचार्यका गीतले करोड क्लब प्रवेश गर्ने गरेका छन्। आचार्यले हस्तान्तरण गरेको रकम सामाजिक सन्जाल फेसबुक पेज थग लाईफ नेपाल मार्फत आर्थिक अवस्था कमजोर भै कोरोना महामारीका कारण यस बिषम परिस्थितिमा अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग हस्तान्तरण हुनेछ।

Leave a Reply