भूवन केसी अभिनित ‘मिस्टर नेपाली’ युटुबमा(चलचित्र सहित)

भुवन केसी अभिनित नेपाली चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । चलचित्रमा भुवनलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । उनले गाउँको मुखिया र मुखियाको छोराको भूमिका निर्वाह गरेका छन् । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

देव भुषालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको चलचित्रमा निरज कँडेलको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी र प्रेमराज दाहालको लगानी छ । चलचित्रमा विष्णु सापकोटा, रवि डङ्गोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मालगायत कलाकारको अभिनय छ । हेर्नुहोस् पूरा चलचित्र:

Leave a Reply