नम्बर १ ट्रेनडिंगमा ‘इन्स्टाको फोटो’ (भिडियो सहित्):

कोरीबाटी माघ ४ :पौष ३० गते सार्वजनिक गरिएको म्युजिक भिडियो ‘इन्स्टाको फोटो’ अहिले यु-ट्युबको नम्बर १ ट्रेनडिंगमा आएको छ । गीतको भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् । ‘जी 21 डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको थियो । गीतमा काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको छ । 

सार्वजनिक गीतमा नायक आसिफ शाह र टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरेलाई देख्न सकिन्छ । निर्देशक असिम शाहले बताए अनुसार ,”‘नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी 21 डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको बताए ।” 

हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । 

(भिडियो सहित्):

Leave a Reply