मिस ग्रेस काठमाडौं “सिजन २” २०१९ कि बिजेता शशी प्रधान

मिस ग्रेस काठमाडौं “सिजन २” २०१९ कि बिजेता शशी प्रधान भएकी छन् । काठमान्डौ कालोपुलको बेस्ट भेन्युमा आयोजना भएको कार्यक्रमका १३ प्रतिस्पर्धालाई पछी पर्दै प्रधानले टाइटल जितेकी हुन् ।

त्यस्तै नेहा खड्की First Runner Up घोसित भईन भने 2nd Runner up को टाइटल मनिषा राजबंसीले हात परिन ।

काठमाडौं महानगर पालिका वडा न. ५ का अध्यक्ष रमेश डंगोलको प्रमुख आथित्यमा ग्रेस इभेन्ट्सले  आयोजना गरेको  कार्यक्रमलाई ई. पी. एजुकेशन कन्सल्टेन्सीले स्पोन्सर गरेको थियो ।

विश्व श्रेष्ठ (समाजसेवी), सुशान्त काजी श्रेष्ठ (Mr. Kathmandu 2018), डेभिल सिंह राजपुत (इभेन्ट आयोजक), एन्जल लामा (Miss Pink 2018) र  सारा श्रेष्ठ (Miss Grace +2 2018) निर्णायक मण्डलमा रहेका थिए . त्यस्तै कार्यक्रममा चर्चामा रहेका गाएक महेश काफ्लेको पनि उपस्थित रहेको थियो ।

ग्रेस इभेन्टसका सचिव पवन कोइरालाले संचालन गरेको कार्यक्रममा अन्य थुप्रै विधाका टाइटलहरुले प्रतिस्पर्धाहरुलाई सम्मानित गरिएको थियो । जसमा संजली घिसिङ – मिस ओर्गनाईजर चोइस, झरना श्रेष्ठ – पब्लिक चोइस, राधिका राई – भियुर चोइस र मिस इन्टरटेनर, त्यस्तै मिस फोटोजेनिक शशी प्रधान, मिस इन्टरटेनर राधिका राई, मिस क्याटवाक अनु राई, बेस्ट ड्रेस झर्ना श्रेष्ठ, बेस्ट स्माइल सरिता मिक्छान र ब्युटीफुल हेयर लाक्पा डोमा शेर्पाले प्राप्त गरिन्।

त्यस्तै, मिस पङ्चुअल आकृति गोले, मिस बब्ली सुनिता रुम्बा, मिस फ्रेन्डली मनिषा राजवंशी, मिस ट्यालेन्ट जेनिशा मगर, बेस्ट फिगर ईशा देवकोटा र मिस कन्फिडेन्ट अवार्ड सञ्जली घिसिङले हासिल गरेको आयोजक ग्रेस इभेन्टका सीईओ सुरज थापाले जानकारी दिए ।

Leave a Reply