मुम्बईका रोहित सुचान्ती दीपिकाको अपोजिट ‘तिमीसँगै हुने मन छ’बाट डेब्यू गर्दै

चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायिका दीपिका प्रसाँइको अपोजिट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा काम गरे सँगै उनले रियालिटी सो बिग बोस १२ मा समेत पनि भाग लिएका थिए । यसअघि चलचित्रमा नायक पल शाह र निराजन प्रधानले काम गर्ने मौखिक सहमती भएको थियो । निर्देशक दिवाकार भट्टराइले निर्देशन गर्न लागेको चलचित्र प्रेम कथामा आधारित रहने छ । बलिउडबाटै छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान सहित अन्य टिमलाई पनि झिकाउने तयारी भइरहेको छ।

Leave a Reply