दुर्गम ठाउँका गरिब,असहायहरुका लागि प्रत्येक जिल्लामा घर निर्माण गर्दै एलिजा गौतम

चलचित्र ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्र पाइला टेकेकी अभिनेत्री तथा मोडल एलिजा गौतमले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनबाट दुर्गम र विकटका गरिब, असहायहरुका लागि घर निर्माण गर्ने भएकी छन् । बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले यसबारेमा जानकारी गराएका हुन् । उनले लेखेकी छन्, ‘छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।’ यो घोषणासँगै पहिलो चरणको काम धादिङबाट सुरु हुने उनले बताएकी छन् ।

एलिजाले गएको असारमा सिन्धुपाल्चोक बाह्रविसेस्थित नापुजे, भीरखर्क र नेवाल टोलमा बाढी पहिरोका कारण प्रभावितहरुलाई लत्ता-कपडा र खाद्यन्न सहयोग गरेकी थिइन् । उनले विभिन्न समयमा आर्थिक अभावले समस्यामा रहेकाहरुलाई पनि सहयोग गर्दै आएकी छन् । उनले दशैंअघि काठमाडौंको खुल्लामञ्चमा भोकाहरुलाई खाना खुवाउन पनि आर्थिक सहयोग गरेकी थिइन् ।

Leave a Reply