“उहीँ तिम्रो आश्रममा फालिएको बा”

मनिषा खतिवडा
आज एक्कासी फेरि आँखाहरु रसाउन बाध्य भए। ” ओ ! बा खानीकुरा बाढ्न मान्छेहरु आएका छ्न्न, आ बुढा के गरेर बसिरा जाउ छिटो लाइन बस्न, नपाउला फेरि अहिले ।” – हाम्रो रेखदेख गर्ने एउटा आश्रमको केटो ले भन्यो। आज कुशे औंशि रे , अर्थात बुबाको मुख हेर्ने दिन। त्यसैले नि खानी कुरा बाढ्न आउने को घुइँचो लागेको। आफ्ना जति पराइ भए पराइ जति आफ्ना सम्झेर आउछन्। उफ्…. छो..रा… मलाई अझै याद छ त्यो दिन, १९ बर्ष पुरानो किन नहोस् । तिमिले मेरो औंलाहरु समाउदै घरको आगनमा ताते… ताते…गर्दै हिडेको पल हरु। आज जब तिम्रो पालो आयो बुढो हड्डीको साहारा बन्ने तिमिले आश्रममा पुराएर थुर्पार्दियौ। आज नि ती औलाले तिम्रो हात खोज्छन् , तर आज तिम्रो औलाको सट्टा लठ्ठी मेरो साहारा बन्दिएको छ। यी पाउले त्यहि घरको आगन मा टेक्न खोज्छन् जहाँ घन्टौं सम्म तिमी मेरो ढाडमा बसेर हैट घोडा हैट..खेल्थीयौ, तर त्यो आगन आज कोसौ टाढा छन् । अझै पनि यि आँखाले तिम्रो मुस्कान हेर्न आतुर गर्छन् । जुन मैले तिमिलाई नयाँ बुटे कट्टु र डोजर लेएराइदिदा आउनेगर्थियो।,तर त्यो मुस्कान सायद तिमी अरु कोहि संग साट्दै होलाउ यती बेला। यी कानहरुले तिम्रो “बा ” सुन्न चाहान्छन् जुन तिमी तोते बोली बोल्दै मलाई कोक्रोबाट निकाल्न आग्रह गर्थेर्यौ। तर तिमी अरु कसैलाई “बेबि” भन्दै होलाउ अहिले। ………. 😞 छोरा तिमिले मलाई आश्रममा छोडेर गयौ भनेर मलाई कुनै गुनासो छैन। यहाँ मैले खाना , लगाउन पाएकै छु। मन लागेका खानेकुरा “बा के खान मन छ, के चाहिएको छ भन्दै ” सोधी सोधी लेराइदिनछन्- यहाँ हाम्रो सेवा गर्न आउने विद्यार्थीहरुले नि। दुख सुख बाढ्न यहाँ मेरो भन्दा दर्दनाक कथा बोकेकाहरु छन्। सरसफाई गरिदिने नि टनै छन् । छोरा मलाई यहाँ केही कुरा को कमि छैन। कमि छ त सिर्फ तिम्रो मुस्कानको, तिम्रो अनुहारको, तिम्रो आवाजको, तिम्रो इश्पर्शको, तिम्रो साहाराको। बस् …. तिम्रो उपस्थितिको..n। अझै धमिलो आसा छ, तिमी पक्कै आउने छौ एक्दिन आफ्नो वृद्ध बा लाई सम्झेर। छोरा… तिम्रो बिधालयको शुल्क तिर्न मैले दिनरात नभनी पसिना बगाएको थिए, तिम्रो जीवनमा पनि त्यी पसिनाका थोपा जस्तै अनगिन्ती खुशीका थोपाहरु आउन् । दशै मा तिमी “बा हाम्रो घर मा चाहिँ खसी खोइ?? नयाँ नाना खोइ मलाई भन्दै कराउथियौ अनि म तिम्रो आमाको ढुङ्ग्री धितो राखेर तिम्रो खुशी किन्थिए। छोरा…. तिम्रो सन्तानले पनि तिम्रो खुशीको लागि तिम्री आमा र मैले गरेको जस्तै त्याग गर्न सकुन् । धेरै धेरै माया र शुभकामना छोरा।
– उहीँ तिम्रो आश्रममा फालिएको बा

Leave a Reply