पल र सरोजले वर्षा र आश्मालाई ‘नरिसाउन होई’ भन्दै(भिडियो)

गायक राजेन्द्र भट्ट (मिस्टर आरजे) र गायिका ईश्वरी बरालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘नरिसाउन होई ’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । सुरज घैरे बिबशको शब्द रहेको यो गीतमा गायक भट्टले नै सङ्गीत भरेका छन् । म्युजिक भिडियोमा पछिल्लो समयका व्यस्त अनि रुचाइएका अभिनेता पल शाह,अभिनेत्री वर्षा शिवाकोटी,सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा पलसंग वर्षाको र सरोजसंग आश्माको जोडी बाधिएको छ र दुवै जोडीको केमेस्ट्री निकै राम्रो देखिएको छ ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र उनको टिमले क्यामेराको काम गरेका छन् । प्रेम भाव बोकेको यो म्युजिक भिडियोमा पल र सरोज उनीहरुसंग रिसाईरहेका वर्षा र आश्मालाई फकाइरहेका छन् । गीतको अडियो निकै राम्रो र भिडियो निकै रमाइलो बनेको छ । भिडियो हेर्नुहोस् :

 

 

Leave a Reply