आयुष्मान ‘तेश्रो लिङ्गी’को भूमिकामा देखिँदै

नायक आयुष्मान देशराज जोशी एक सिरिजमा एकदमै फरक शैलीको भूमिका निभाउँदै छन् । र त्यो भूमिका साधारण खालको भने छैन । आयुष्मानले सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाउने भएका छन् । आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’ आयुष्मानले यो श्रृङ्खला आफ्ना लागि विशेष भएको पनि उल्लेख गरेका छन् । उनले यो श्रृङ्खलालाई आफूले कहिले पनि कामको रुपमा नलिएको पनि उल्लेख गरेका छन् । यो पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा भएको आयुष्मानले उल्लेख गरेका छन् । यो सिरिजमा नायक आशिरमान देशराज जोशीलाई पनि देख्न सकिन्छ ।

https://www.instagram.com/p/CEjz4_hpbw-/?utm_source=ig_web_copy_link

 

Leave a Reply