मिस वर्ल्डको ताज बार्सिलोनाकि मेरियालाई

कोरीबाटी, राजकुमार खाती, पौष ५ / चीनको दक्षिण सहर सान्यामा आयोजित विश्वको टप मध्येको एक ब्युटी कन्टेस्ट ‘मिस वर्ल्ड-२०१५’को उपाधी स्पेनकी मेरिया लागुना रोयोले जित्न सफल भएकी छिन । उक्त प्रतिस्पर्धाको ताज पहिरिन सफल बार्सिलोनाकी २३ वर्षीय मोडल मेरियाले विभिन्न एकसय भन्दा बढी मुलुकका सुन्दरीहरुलाई पछी पारेकी थिइन् ।

विश्वभरबाट एक अरब व्यक्तिले टेलिभिजनबाट हेरिएको खबर आएको यस प्रतियोगितालाई अघिल्लो बर्ष दक्षिण अफ्रिकाकी रोलेन स्ट्राउसले जितेकी थिइन् । मेरियाले प्रतिष्पर्धाको फाइनलमा ‘आफुमा भित्रि सुन्दरता छैन भने बाहिरी सुन्दरताको कुनै मतलब नभएको’ बताएर निक्कै आकर्षक विचार प्रस्तुत गरेकी थिइन् भने त्यहि तर्कले उनलाई मिस वर्ल्डको ताज पहिर्याउन सफल भएको जानकारी छ । औषधि विज्ञानमा स्नातक गरेकी मेरिया पोषण विषयमा एमए पनि गर्न चाहान्छिन ।

प्रतियोगीतामा उत्कृष्ट पाँचमा पर्ने मा रसिया, इन्डोनेसिया, लेबनन र जमैकाका सुन्दरीहरु रहेका छन् भने स्कटल्यान्ड र नेदरल्यान्डका सुन्दरीहरु उत्कृष्ट १० मा पर्न सफल भए ।

Leave a Reply