बल्न नसकेको सलमानको “ट्युबलाइट”

चलचित्र समिक्षा : आर पी  भट्टराई

जसरि जसरि काहानी अघि बढ्दै जान्छ, दर्शकको  अनुहारमा मुस्कान पनि हराउदै जान्छ l

मध्यान्तर सम्म पनि दर्शक चलचित्र मुलधारमा फर्किने आशामा बसिनै रहेका हुन्छन तर ….

जसरि जसरि काहानी अघि बढ्दै जान्छ, दर्शकको  अनुहारमा मुस्कान पनि हराउदै जान्छ l मध्यान्तर सम्म पनि दर्शक चलचित्र मुलधारमा फर्किने आशामा बसिनै रहेका हुन्छन तर ….
धेरै राम्रो वा धेरै नराम्रो चलचित्र हेरेपछि प्राय दर्शकमा एउटा समानता भेटिन्छ, दर्शक निशब्द हुन्छन l तर  “ट्युबलाइट” हेरिसकेपछि दर्शक यो चलचित्र नै हो कि होइन भन्ने अन्योलमा पर्छन, त्यसमापनि सलमान खान को बहुप्रतिक्षित चलचित्र l
पहिला कुरा गरौ “ट्युबलाइट” हेर्ने पर्ने केहि उत्साही कारणहरु :
१ सुपर स्टार सलमान खान को चलचित्र
२ सलमान खान र कबीर खान को हिट जोड़ी.
३  एक था टाइगर र बजरंगी भाइजान भन्दा पछाडी यो जोड़ी को तेस्रो चलचित्र
४  बजरंगी भाइजान मा पाकिस्तान को  विषयवस्तु  थियो त ट्यूबलाइट मा चाइना को
५ . यस चलचित्रमा बिशेष भूमिकामा  शाहरुख खान लाइ पनि देख्न सकिन्छ
६ प्रीतम को सुमधुर संगीत
७  रियल लाइफका  दाजु भाई सलमान खान र सोहेल खान रील लाइफमा पनि दाजु भाइ .
८ हलिउड  चलचित्र  लिटिल बोइ को अफिसियल रिमेक
उत्सुकता पैदा गर्ने अनेक कारणहरु चलचित्रमा थिए त्यसैले दर्शकले टिकट काटेर चलचित्र हेर्न गए l  अब कुरा गरौ सिनेमा हल भित्रको ….
चलचित्र सुरु हुन्छ,  जब सलमान खानको इन्ट्री हुन्छ,हलमा कोलाहल सहित तालि र सिटि सुनिन्छ दर्शकको अनुहारमा छुट्टै उत्साह देख्न पाइन्छ , सर्बप्रथम दुइदाजुभाइको एकताको हल्काफुल्का बखान देख्न पाइन्छ , जसरि जसरि काहानी अघि बढ्दै जान्छ, दर्शकको  अनुहारमा मुस्कान पनि हराउदै जान्छ l मध्यान्तर सम्म पनि दर्शक चलचित्र मुलधारमा फर्किने आशामा बसिनैरहेका हुन्छन तर रोदन, बिछोड,माया  प्रेम, बिस्वाश, राष्ट्रियता, दुश्मन संगको प्रेमपूर्ण सम्बन्ध , गांधीबादी चरित्र र हरेक इमोशनल डोज़ सबै चाइने भन्दा बढीनै चलचित्रमा देखाइन्छ तै पनि कहिँ कतै ट्यूबलाइट बलेको अनुभूतिचै गर्न पाइदैन l
अब काहानी को कुरा गरौ सलमान खान उर्फ लक्ष्मन सिंह लाइ नै ट्यूबलाइट भनिएको हुन्छ किनकि उनलाई बच्चै देखि कुनै पनि कुरा ढिला मात्रै याद आउने बानि हुन्छ l  अलिकति सुस्तमनस्थिति को भूमिकामा सलमान खान देखिएका हुन्छन तर उनका भाइ सोहेल खान उर्फ भरत सिंह जो दाजु भन्दा अलि चतुर हुन्छन, उनीहरुबीच अत्यन्तै घनिष्ठ सम्बन्ध हुन्छ, एक अर्काका लागि ज्यान नै दिन पनि पछि नपर्ने l समय चक्र संगै दुवै भाइ जवान हुन्छन, भारतले भर्खरै मात्र स्वतन्त्रता पाएको हुन्छ, १९६२ भारत चिन युद्ध को वरीपरि नै चलचित्र ले मोड लिन्छ, भाइ अर्थात सोहेल भारतीय सेना मा भर्ति हुन्छ l दाजु र भाइको बिछोड हुन्छ, एक दिन दाजु लक्ष्मन ले भाइ भरत युद्धमा मरेको भन्ने खबर सुन्छ, यो खबरले दाजुलाई ठुलो चोट पुग्छ तर दाजुले यो कुरा विश्वास गरिसकेको हुदैन त्यसैले उ आफ्नो भाइ एकदिन फर्केर आउने कुरामा अडिग रहन्छ, भाइ बाचेर फर्की आउछ कि आउदैन भन्नेमै काहानी घुमेको छ l
माटिन रे तोंगु र  चीन की चर्चित  हीरोइन ज़ू ज़ू को रोल  सोहेल युद्धमा गैसकेपछि सुरुहुन्छ दुइजानाले आमाछोराको भूमिकालाई न्यायनै गरेको देख्न सकिन्छ l  तर यो रोल चलचित्रको सहायक पक्षमात्र हो, यी पात्रको चलचित्रमा पूर्ण प्रयोग हुनसकेको छैन जसले गर्दा चलचित्रको खल्लोपन झन् बढ्छ l .
ट्यूबलाइट कथा आफैमा एउटा रोचक भएता पनि पटकथा अत्यन्तै खराब देखिन्छ l चलचित्रमा अत्यन्तै भाबुक सिन जबर्जस्ति  घुसाउन खोजेको स्पस्ट देख्न सकिन्छ l  “हिंदी चीनी भाई-भाई” देखि  चिनिया मुलका भारतीय माथि हुनेगरेको अत्याचार लाइ भावनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको छ तर कुनैपनि प्रयोग पूर्ण देखिदैन सबै आधा अधुरो र खल्लो l यो चलचित्रलाई कबिर खानको अहिले सम्मकै कम्जोर चलचित्रको रुपमा लिदा त्यति अन्याय हुदैन l
यो चलचित्रमा सलमानको भूमिकामा पनि प्रश्न उठ्नु स्वभाबिक हुन्छ, उनले आफ्ना हार्डकोर फ्यानको पक्कैपनि मन दुखाएका छन l न त यो चलचित्रमा अन्यमा जस्तो सलमान दबंग भूमिकामा छन न त सर्ट नै खोलेर जिउ देखाउछ्न l अझै भद्दा त त्यतिबेला महशुस हुन्छ जब सलमान खान लाइ जम्मा २५-२६ बर्ष उमेरमा प्रस्तुत गरिन्छ उनको बुढ्यौली उनको अनुहारमा प्रष्ट देख्न सकिन्छ, तर कतिपय सिनमा सलमानको मिहेनत राम्रै संग देख्न सकिन्छ  l  चलचित्र जति थेगिन्छ  सलमान खान कै  स्टारडम ले थेगिन्छ,  सोहेल खान, ज़ीशान, माटिन रे तोंगु, ज़ू ज़ू र  स्वर्गीय ओम पुरी ले आफ्नो पात्रलाई न्यायनै गरेको भन्न सकिन्छ l
संगीत र गीत को कुरा गर्नु पर्दा ब्यबसायिक रूपमा  “सजन रेडियो” बाहेक  प्रीतम को अन्य कुनै गीत चल्न सकेनन यसबाट चलचित्रको संगीत पक्ष पनि फ़ितलोनै मान्न सकिन्छ l
समग्रमा चलचित्र सोचे अनुरुप नभएपनि सलमान खान को स्टारडम ले लगानी उठाउने निश्चितप्राय छ l तर सलमान खान र कबिर खान को जोडी यस पटक भने जम्न सकेन l नेपाली सिनेमा हलहरु र दर्शक दिर्घामा पनि यसको अशर देखिन सुरुभई सकेको छ l अनुमान लगाउन सकिन्छ कि नेपाल मा ट्युबलाइट भित्र्याउने लगानी कर्ताको अनुहारमा  यसपटक पक्कै पनि चमक हुने छैन अनि नेपाली सिनेमा घरमा पनि सलमान को ट्युबलाइट बल्न नसक्ने स्पष्ट देख्न सकिन्छ l

धेरै राम्रो वा धेरै नराम्रो चलचित्र हेरेपछि प्राय दर्शकमा एउटा समानता भेटिन्छ, दर्शक निशब्द हुन्छन l तर “ट्युबलाइट” हेरिसकेपछि दर्शक यो चलचित्र नै हो कि होइन भन्ने अन्योलमा पर्छन, त्यसमापनि सलमान खान को बहुप्रतिक्षित चलचित्र l

पहिला कुरा गरौ “ट्युबलाइट” हेर्ने पर्ने केहि उत्साही कारणहरु :

  •  सुपर स्टार सलमान खान को चलचित्र
  •  सलमान खान र कबीर खान को हिट जोड़ी
  •  एक था टाइगर र बजरंगी भाइजान भन्दा पछाडी यो जोड़ी को तेस्रो चलचित्र
  •  बजरंगी भाइजान मा पाकिस्तान को  विषयवस्तु  थियो त ट्यूबलाइट मा चाइना को
  •  यस चलचित्रमा बिशेष भूमिकामा  शाहरुख खान लाइ पनि देख्न सकिन्छ
  •  प्रीतम को सुमधुर संगीत
  •  रियल लाइफका  दाजु भाई सलमान खान र सोहेल खान रील लाइफमा पनि दाजु भाइ
  •  हलिउड  चलचित्र  लिटिल बोइ को अफिसियल रिमेक

उत्सुकता पैदा गर्ने अनेक कारणहरु चलचित्रमा थिए त्यसैले दर्शकले टिकट काटेर चलचित्र हेर्न गए l  अब कुरा गरौ सिनेमा हल भित्रको ….

चलचित्र सुरु हुन्छ,  जब सलमान खानको इन्ट्री हुन्छ,हलमा कोलाहल सहित तालि र सिटि सुनिन्छ दर्शकको अनुहारमा छुट्टै उत्साह देख्न पाइन्छ , सर्बप्रथम दुइदाजुभाइको एकताको हल्काफुल्का बखान देख्न पाइन्छ , जसरि जसरि काहानी अघि बढ्दै जान्छ, दर्शकको  अनुहारमा मुस्कान पनि हराउदै जान्छ l मध्यान्तर सम्म पनि दर्शक चलचित्र मुलधारमा फर्किने आशामा बसिनैरहेका हुन्छन तर रोदन, बिछोड,माया  प्रेम, बिस्वाश, राष्ट्रियता, दुश्मन संगको प्रेमपूर्ण सम्बन्ध , गांधीबादी चरित्र र हरेक इमोशनल डोज़ सबै चाइने भन्दा बढीनै चलचित्रमा देखाइन्छ तै पनि कहिँ कतै ट्यूबलाइट बलेको अनुभूतिचै गर्न पाइदैन l

अब काहानी को कुरा गरौ सलमान खान उर्फ लक्ष्मन सिंह लाइ नै ट्यूबलाइट भनिएको हुन्छ किनकि उनलाई बच्चै देखि कुनै पनि कुरा ढिला मात्रै याद आउने बानि हुन्छ l  अलिकति सुस्तमनस्थिति को भूमिकामा सलमान खान देखिएका हुन्छन तर उनका भाइ सोहेल खान उर्फ भरत सिंह जो दाजु भन्दा अलि चतुर हुन्छन, उनीहरुबीच अत्यन्तै घनिष्ठ सम्बन्ध हुन्छ, एक अर्काका लागि ज्यान नै दिन पनि पछि नपर्ने l समय चक्र संगै दुवै भाइ जवान हुन्छन, भारतले भर्खरै मात्र स्वतन्त्रता पाएको हुन्छ, १९६२ भारत चिन युद्ध को वरीपरि नै चलचित्र ले मोड लिन्छ, भाइ अर्थात सोहेल भारतीय सेना मा भर्ति हुन्छ l दाजु र भाइको बिछोड हुन्छ, एक दिन दाजु लक्ष्मन ले भाइ भरत युद्धमा मरेको भन्ने खबर सुन्छ, यो खबरले दाजुलाई ठुलो चोट पुग्छ तर दाजुले यो कुरा विश्वास गरिसकेको हुदैन त्यसैले उ आफ्नो भाइ एकदिन फर्केर आउने कुरामा अडिग रहन्छ, भाइ बाचेर फर्की आउछ कि आउदैन भन्नेमै काहानी घुमेको छ l

माटिन रे तोंगु र  चीन की चर्चित  हीरोइन ज़ू ज़ू को रोल  सोहेल युद्धमा गैसकेपछि सुरुहुन्छ दुइजानाले आमाछोराको भूमिकालाई न्यायनै गरेको देख्न सकिन्छ l  तर यो रोल चलचित्रको सहायक पक्षमात्र हो, यी पात्रको चलचित्रमा पूर्ण प्रयोग हुनसकेको छैन जसले गर्दा चलचित्रको खल्लोपन झन् बढ्छ l

ट्यूबलाइट कथा आफैमा एउटा रोचक कथा भएता पनि पटकथा अत्यन्तै खराब देखिन्छ l चलचित्रमा अत्यन्तै भाबुक सिन जबर्जस्ति  घुसाउन खोजेको स्पस्ट देख्न सकिन्छ l  “हिंदी चीनी भाई-भाई” देखि  चिनिया मुलका भारतीय माथि हुनेगरेको अत्याचार लाइ भावनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको छ तर कुनैपनि प्रयोग पूर्ण देखिदैन सबै आधा अधुरो र खल्लो l यो चलचित्रलाई कबिर खानको अहिले सम्मकै कम्जोर चलचित्रको रुपमा लिदा त्यति अन्याय हुदैन l

Leave a Reply