‘आँधी तुफान’को सिक्वेल बन्ने

वि.सं २०६१ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वल चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले बनाउने भएका छन् । महेन्द्र बुढाथोकी निर्देशित यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो।लकडाउनको समयमा उनले चलचित्र ‘आँधी तुफान-२’ को कथा लेखेको बताएका छन् । लेडी एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो ।

अब यसको सिरिजका लागि पनि नयाँ तथा पुराना अनुहारलाई लिने तयारी यसको निर्माणपक्षले गरेको छ। नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा बन्ने चलचित्रका लागि कलाकार तथा निर्देशन भेट्नेबित्तिकै भदौबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी रहेको छ ।

Leave a Reply