‘जानी नजानी’ अभिनेत्री निरिशा बस्नेतलाई कोरोना सङ्क्रमण(भिडियो)

अभिनेत्री निरिशा बस्नेतलाई कोरोना सङ्क्रमण भएको छ । मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिशाले चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ । अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छिन् । उनी यति बेला भारतमा नै रहेर कलाकारितामा अघि बढी रहेकी छिन् ।

हेर्नुहोस् के भन्छिन् निरिशा बस्नेत आफुलाई कोरोना सङ्क्रमण भएको बारेमा  : 

Leave a Reply