पूर्वयुवराज्ञी हिमानीको छोरीहरुसँगको टिकटक डान्स भाइरल बन्दै,यसरी रमाउदै नाचिन्(भिडियो)

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्व युवराज्ञी हिमानी शाहको टिक–टक एपमा प्रवेश भएको छ । हालै सार्वजनिक टिकटक भिडियोमा हिमानी शाहलाई पनि टिकटकमा नाच्दै गरेको देखिएको छ । उक्त टिकटक भिडियोमा हिमानी आफ्नी छोरीहरुसँग नाचेकी छिन् । तीनैजना कालो पोशाकमा सजिएका छन् ।

छोरी पूर्णिका शाहको टिक–टक अकाउन्टमा बनाइएको उक्त भिडियोमा हिमानी र उनकी दुई छोरी पूर्णिका र कृतिकाले गायक सबिन राईको ‘गुराँसको फेद मूनी’ गीतमा टिक–टक भिडियो बनाएका हुन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’ पूर्णिका शाहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ ।

Leave a Reply