‘मिस नेपाल २०२०’ प्रतियोगिता स्थगित

‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिति सरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरे लगत्तै आयोजक द हिडन ट्रेजरले यो निर्णय लिएको हो । आयोजकले बिहीबार बैठक बसी आगामी वैशाख १८ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन पनि सकिसकेको छ । मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो ।

Leave a Reply