आसिफ शाहको स्वर रहेको ‘एउटा व्यथा’ सार्वजनिक(भिडियोसहित)

गायक तथा अभिनेता आसिफ शाहको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार ‘जी २१’ को अफिसियल युट्युब च्यानलबाट ‘एउटा व्यथा’ बोलको गीत लिरिकल भिडियो सहित सार्वजनिक गरिएको हो । आसिफ शाहकै सङ्गीत रहेको गीतमा आसिफ र अविरल थापाको शब्द रहेको छ । गीतका म्युजिक प्रोड्युसर शैलेन्द्र प्रधान “बाबु” हुन् । लिरिकल भिडियोलाई नगेश कँडेलले तयार पारेका हुन् । सुमधुर स्वर र मन छुने शब्द रहेको गीत सुन्दर बनेको छ।

Leave a Reply