अनुप र केकी अभिनित ‘हुर्रे’ युट्युब ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘हुर्रे’ युट्युबमा सार्वजनिक भएको छ । लकडाउनको समयलाई मध्यनजर गर्दै दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी चलचित्र हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हलमा खासै दर्शकको राम्रो प्रतिक्रिया पाउन नसकेको चलचित्र युट्युबमा भने सार्वजनिक भएको दुई दिनमै ट्रेन्डिङ १ मा आउन सफल भएको हो ।

यो समाचार तयार पार्दासम्म चलचित्रलाई १५ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् भने १९ हजार दर्शकले चलचित्रलाई लाइक गरेका छन् । चलचित्रलाई डिसलाइक गर्नेको संख्या जम्मा २२ सय छ । चलचित्रमा १ हजार बढी प्रतिकृया आइसकेको छ। यम थापाको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा विजय बराल, राजाराम पौडेल, अंकित खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको चलचित्रमा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ ।कालीप्रसाद देवकोटा र राजनराज सिवाकोटीको संगीत रहेको गीतमा विक्रम स्वारको कोर्योग्राफी रहेको छ ।शिव ढकालको छायांकन गरेको चलचित्रलाई चन्दन दत्तले समपदन गरेका हुन् ।

Leave a Reply