दीपक बज्रचार्यको कोरोनासम्बन्धी चेतनामुलक गीत सार्वजनिक(भिडियोसहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि चेतनामुलक गीत सार्वजनिक भएको छ । गायक दीपक बज्रचार्यले यूनिसेफ दक्षिण एसियाको सहकार्यमा उक्त गीत सार्वजनिक गरेका छन् । दीपक बज्रचार्यकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा रिक्की शाक्यको शब्द रहेको छ । दीपककै संगीतमा तयार भएको गीतमा दीपकलाई उनकी छोरी चेरिसा बज्रचार्यले गायकीमा साथ दिएकी छिन् । सार्वजनिक गीतमा कोभिड–१९ विरुद्धको लडाईमा सुरक्षित रहन,सदभाव राख्न  र एक रहन सबैलाई आव्हान गरिएको छ ।

गीतको भिडियोमा दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखे,झाक्री समेत प्रस्तुत गरेका छन् । भिडियोमा दीपक र उनकी छोरी चेरिसा पनि फिचर्ड छन् र कोरोना भाइरसबाट सचेत रहन अपील गरेका छन् ।कोरोना भाइरसका कारण चैत्रको पहिलो साता अस्ट्रेलिया र न्यूजिल्याण्डको सांगीतिक कार्यक्रम विचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो ।यसपछि भने उनीहरु १४ दिन होम क्वारेन्टाइनमा पनि बसेका थिए ।

Leave a Reply