केकी लेख्छिन्–‘हामीले आफ्नै भूमीको विषयमा कसैसङ्ग चर्किन झर्किन आवश्यक त छैन।तर ….’

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भइसकेको छ। र यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् ।

यसैक्रममा नायिका केकी अधिकारीले पनि सिमाना विवाद बारे आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । केकी लेख्छिन्–‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसंगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौम्त्ता माथी उठछ,हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ।

सिमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसंग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमीको विषयमा कसैसङ्ग चर्किन झर्किन आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाण सहित वार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ।हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहंदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ। हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौँ। हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा स सम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा विश्वास राख्छौं । भूगोलले सानो भएपनी नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल छ। नेपाली हो नि!!’

Leave a Reply