सन्नी लियोनीको नेपाली चलचित्र ‘पासवर्ड’ युट्युबमा रिलिज(भिडियो)

नेपाली चलचित्र ‘पासवर्ड’ युट्युबमा रिलिज भएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्रलाई युट्युबमा रिलिज गरिएको हो । चलचित्रमा बलिउड अभिनेत्री सनी लियोनीको आजको साम’ बोलको गीतमा आइटम डान्स रहेकाले चर्चामा आएको थियो ।

चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।एबी इन्टरनेशनलको ब्यानरमा बनेको ‘पासवर्ड’ चलचित्रमा बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायत कलाकारहरूको अभिनय रहेको छ । अमरजीत सिंहको छायांकनमा तयार भएको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । अमित बस्नेत र हिरल जोशीको लगानी निर्माण भएको चलचित्रको कथा सीमा गुरुङको रहेको छ ।

Leave a Reply